अमेरिका राष्ट्रपति ट्रम्पद्धारा ८ वटा चिनियाँ एपहरु माथि प्रतिबन्ध

   २२ पुष २०७७, बुधबार १२:१७  

२२ पुस, रौतहट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ वटा चिनियाँ एप्लिकेसनको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। एपको प्रयोगमा प्रतिबन्ध लगाउन उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेको छ।

यसअघि पनि ट्रम्पले कयौं चिनियाँ एपको प्रयोगमा प्रतिबन्ध लगाएका थिए। यसपटक भने आर्थिक कारोबारमा प्रयोग हुँदै आएको एपहरु प्रतिबन्धित भएका हुन्।

ट्रम्पले आदेशमा हस्ताक्षर गरेसँगै अबको ४५ दिनपछि अमेरिकामा अलि-पे, क्यूक्यू वालेट, ह्वीच्याट-पे लगायतका एपहरु चल्ने छैनन्। यस्तै, टेनसेन्ट क्यूक्यू, क्यामस्कयानर,सेयरइट भीमेट र डब्लुपीएस अफिसको प्रयोगमा समेत रोक लाग्ने भएको छ।

अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै यी एपमाथि प्रतिबन्ध लगाइएको बताइएको छ। एपहरुहरुले अमेरिको संघीय कर्मचारीहरुलाई ‘ट्रयाक’ गरिरहेको दाबी गरिएको छ। यस्तै चिनियाँ एपहरुको प्रयोगले अमेरिकी नागरिकहरुको व्यक्तिगत विवरण समेत गोप्य नहुने दाबी गरिएको छ।

चिनियाँ एपलिकेसनहरुले अमेरिकाबाट संकलन गरेको सूचनाहरु चीनलाई बुझाउने गरेको आरोप अधिकारीहरुले लगाउँदै आएका छन्।

बीबीसी