उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चारजना घाइते

   २२ पुष २०७७, बुधबार ११:४०  

२२ पुस, रौतहट । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने अन्य ४ जना घाइते भएका छन् ।

जिल्लाको रौतामाई गाउँपालिका १ नामेटार तालथुम्कीमा मंगलबार दिउँसो करिब २ बजेतिर भएको ट्याक्टर दुर्घटनामा त्रियुगा नगरपालिका ७ बस्ने २० वर्षीय केशव विकको मृत्यु भएको प्रहरीले जनाएको हो ।

घाइते हुनेमा रौतामाई १ नामेटारका सोही ठाउँका १९ वर्षीया सीता तामाङ, २१ वर्षीय सन्तोष तामाङ, ३५ वर्षीया ज्ञानीमाया तामाङ र ४८ वर्षीय कर्मध्वज तामाङ, रहेका छन । घाइते भएका ४ जनालाई उपचारका लागि आज बिहाज विराटनगर पठाइएको छ ।

प्र २-०१-००१ त १०१७ नम्बरको टुयाक्टर सदरमुकाम गाईघाटदेखि नामेटारतर्फ जाने क्रमममा दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि उदयपुर अस्पताल गाईघाटमा राखिएको प्रहरीले जनाएको छ ।