नालामा डुबेर दुई वर्षीय बालकको मृत्यु
२२ पुस, रौतहट । सर्लाहीमा घर अगाडी रहेको नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर १ भेडहिया का पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
खेल्ने क्रममा मंगलबार साँझ घर अगाडी रहेको नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
मृतक बालकको शव पोष्टमार्टम गर्नका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।






