आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
२२ पुस, रौतहट । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर २ का रामएकबाल राय यादवको मृत्यु भएको प्रहरीले जनाएको हो ।
आफैँले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका-४ स्थित गडहिया बलरा सडक खण्डमा अनियन्त्रित भई पल्टिदाँ उनी गम्भीर घाइते भएको थिए ।
सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले दिएका जानकारी अनुसार घाइते यादवलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको थियो ।
मृतकको शवको पोष्टमार्टम गर्नका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।