स्रोत नखुलेको ८ लाख नगदसहित एक युवक पक्राउ

   २१ पुष २०७७, मंगलवार १६:१२  

२१ पुस, रौतहट । रौतहटमा स्रोत नखुलेको ८ लाख नगदसहित एक युवक पक्राउ परेका छन् ।

अबैध रकमसहित पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रोनगढ नगरपालिका वाड नं. १ खजानि टोल बस्ने लक्ष्मण साहको १७ वर्षीय छोरा धिरेन्द्र साह रहेका प्रहरीले जनाएको हो ।

जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ५ स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको १-०२०४२ प २००० नम्बरको मोटरसाई चेकजाँच गर्ने क्रममा अबैध ८ लाख नेपाली नगदसहित प्रहरीले साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद भएको सो रकम भन्सारमा बुझईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको साहमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।