रुपन्देहीमा माछापोखरीमा डुबेर ३ वर्षीय बालकको मृत्यु
द नेपाल मिडिया
२१ पुष २०७७, मंगलवार १४:३९
२१ पुस, रौतहट । रुपन्देहीमा माछापोखरीमा डुबेर एक ३ वर्षीय नाबालकको मृत्यु भएको छ ।
जिल्लाको सैनामैना नगरपालिका ५ बुद्धनगरमा खेल्ने क्रममा एक नाबालकको माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।
घरनजिकै रहेको माछापोखरीमा डुबेर तीन वर्षीय अविराज ज्ञवालीको सोमबार साँझ मृत्यु भएको थियो ।
डुबेपछि अचेत भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।






