दुई जना मृत अवस्थामा फेला
२१ पुस, रौतहट । बाजुरा र कैलालीमा गरी दुई जनाको शव फेला परेको छ ।
बाजुराको गौमुल गाउँपालिका १ दुर्गौलीका ३० वर्षीय कन्तरो रोकायाका शव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।
सोही नगरपालिका ६ घटमुनास्थित भिरबाट लडेर रोकायाका मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिए ।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीस्थित रानी-जमरा कुलरिया सिँचाइ आयोजनाको मुहानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।