सामान्य घरायसी विवादका काराण खुकुरी प्रहार गरी पत्नीको हत्या

   २१ पुष २०७७, मंगलवार १३:००  

२१ पुस, रौतहट । इलामको देउमाई नगरपालिका ८ आमबोटेकी २७ वर्षीया नम्रता राईको मंगलबार बिहन भएको सामान्य घरायसी विवादका काराण हत्या भएको छ ।

आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको हो । आफ्नै पत्नीको हत्या गरेको आरोपमा ३३ वर्षीय सुवास राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिए ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले आरोपी राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाए ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको र शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।