सडक निर्माणको क्रममा ढुंगाले लागेर एक जनाको मृत्यु
२१ पुस, रौतहट । रसुवास्थित धुन्चे–खोदल सडक खण्डमा मंगलबार बिहान ढुंगाले लागेर एक कामदारको मृत्यु भएको छ ।
ढुंगाले लागेर मृत्यु हुनेमा रसुवाको नौकुण्ड गाउँपालिका–१, यार्साका४५ वर्षीय धनबहादुर तामाङ रहेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको हो ।
आज बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डस्थित केबुमा स्काभेटरले सडक खन्ने क्रममा तल नाली निर्माण गरिरहेका उनको ढुंगाले लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । स्काभेटरले नाली निर्माण गर्ने स्थानभन्दा करिब ५० मिटर माथि काम गरिरहेको थियो ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–९, का २७ वर्षीय स्काभेटर चालक रविन तामाङ र स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिए सकेको प्रहरीले जनाएको छ ।