धरानमा एक कोरोना संक्रमित युवकको मृत्यु
२१ पुस, रौतहट । कोरोना संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा उदयपुरको त्रियुग नगरपालिका ११ बस्ने १८ वर्षीय किशोर रहेका प्रतिष्ठानको सूचना केन्द्रले जनाएको हो ।
स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा यही पुस ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएकै दिन उपचारका लागी उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा आज बिहान करिब ७ः३० बजेको समयमा ती संक्रमित युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
उनमा कुनै पनि दीर्घ नरहेको समेत प्रतिष्टानले जनाएको छ ।






