बाँकेमा नलकटुवा पेस्तोलको कारोबार गर्ने युवक पक्राउ

   २१ पुष २०७७, मंगलवार १०:५९  

२१ पुस, रौतहट । बाँकेमा नलकटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कटुवा पेस्तोलसहित पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँका १९ वर्षीय दिपककुमार चौधरी (बर्मा) रहेका प्रहरीले जनाएको हो ।

अवैध रुपमा हातहतियारको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उनलाई आइतबार दिउँसो नै पक्राउ गरिएको थियो ।

चौधरीले सञ्चालन गरेको घुम्ती पसलबाट कम्मरमा बेल्टले बाँधिराखेको नलकटुवा पेस्तोलसहित निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको रानाले जनाएका हुन् ।