ट्रकको ठक्करबाट एकजनाको मृत्यु

   २१ पुष २०७७, मंगलवार १०:४१  

 

२१ पुस, रौतहट । सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट सप्तरीको विष्णुपुर गाउँपालिका १ बस्ने ३५ वर्षीय रामकुमार खत्वे मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिएका हुन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि स्थानीय अस्पतालमा ल्याएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले दिएका जानकारी अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो ।

यसबारे थप अनुसन्धान प्रहरी गरीरहेका साहले बताए ।