आज थप ४०३ जनामा कोरोना पुष्टि, ५९४ जना संक्रमणमुक्त

   २० पुष २०७७, सोमबार १६:५२  

२० पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ हजार ४ सय १ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५९ महिला र २ सय ४४ पुरुष गरी जम्म ४ सय ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । जसमध्ये हल नेपालमा संक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, बितेको २४ घण्टामा ५ सय ९४ जनाले कोरोना जितेर डिस्चार्ज भएसंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।

यसैबीच, कोभिड १९ का कारण विगत २३ घण्टामा थप ७ जनाको मृत्यु भएको छ, भने यससंगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ८५ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ८५ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये काठमाडौंमा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएका छन् ।