रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु
द नेपाल मिडिया
२० पुष २०७७, सोमबार १५:२९
२० पुस, रौतहट । रुकुम पश्चिममा पुस १८ गतेदेखि बेपत्ता भएका व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर त्रिवेणी गाउँपालिका–१० बस्ने ५४ वर्षीय हरिबहादुर खड्काको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको हो ।
उनी भिरबाट करिब ३०० मिटर तल खसेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।