५० राउन्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

   २० पुष २०७७, सोमबार १४:३६  

२० पुस, रौतहट । त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा मेचीनगर २ बस्ने बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित नियन्त्रणमा लिएको एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका हुन् ।

श्री एयरलाइन्सको जहाजबाट राई भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई उक्रउ गरेको छ ।