वीरगञ्जबाट १०५ किलो गाँजासहित ७ जना पक्राउ

   २० पुष २०७७, सोमबार १२:१६  

२० पुस, रौतहट । १०५ किलो लागूऔषधगाँजा सहित वीरगञ्ज महानगरपालिका २१ लाल पर्सा जाने सडकखण्डबाट प्रहरीले ७ जनालाई पक्रउ गरेको छ ।

गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ का १८ वर्षीय प्रभात तामाङ, २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, मकवानपुरको कैलाश गाउँपालिका १० का २६ वर्षीय रामलाल गोले, पर्साको सखुवा प्रसौनी गाउँपालिका ३ का ५१ वर्षीय सहिद मियाँ आलम, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका १ का ३७ वर्षीय निरज लामा र चितवनको राप्ती नगरपालिका २ का ५० वर्षीय सानुलाल तामाङ रहेका प्रहरीले जनाएको हो ।

लागूऔषध गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्युरो, काठमाण्डौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लाल पर्सा गाउँजाने बाटो सडक किनारमा शंकास्पद अवस्थामा रोकी राखेको ना. ४ ख ६५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।