काठमाडौँबाट स्रोत नखुलेको डेढ करोड नगदसहित एक भारतीय पक्राउ
२० पुस, रौतहट । काठमाडौँबाट स्रोत नखुलेको डेढ करोडसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
नगदसहित पक्राउ पर्नेमा भारतीय नागरिक अमितकुमार थापा रहेका प्रहरी स्रोतले जनाएको हो ।
थापाको साथबाट स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनी कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका थिए ।
उनले ल्याएको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले गाडी चालकलाई पनि नियन्त्रणमा लिएको छ ।






