बौद्धमा रोकिएको ट्रिपरमा स्कुटर ठोक्किदाँ चालक गम्भीर घाइते
२० पुस, रौतहट । बौद्धमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किएर चालक गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ट्रिपर भएको ठाउँमा बत्ती नभएको र पछाडीबाट आएको स्कुटर ठोक्किएको हो ।
बा २ प ६२ नम्बरको ट्रिपरमा सामान छाड्न रोकेर राखेको ट्रिपरमा फूर्वा शेर्पाको बा ९२ प १६६४ स्कुटर ठोकिदाँ शेर्पा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
घटना लगत्तै ट्रिपर चालक राकेश तामाङलाई नियन्त्रणमा लिइएको र शेर्पाको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते टाउकोमा गम्भीर चोट लागेको छ ।