पत्नी सीतालाई लिएर थप उपचारका लागि दाहाल मुम्बई जादैँ
२० पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको थप उपचारका लागि आज भारत गएका छन् ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले लामो समयदेखि पीडित भएकी सीतालाई यही पुस १५ गते स्वास्थ्यमा समस्या भएपछि पछिल्लो समय ललितपुरको भैसेपाटीस्थित मेडिसिटी उपचारका लागि भर्ना भएकी थिइन् ।
तर, स्वास्थ्यमा सुधार नभएपछि, उनलाई भारतको मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने बताइएको छ ।
सीताको साथमा अध्यक्ष दाहाल सहित छोरी गंगा दाहाल पनि जाने बताइएको छ ।
यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत जानु भएको थियो ।






