आज थप ४१९ जनामा कोरोना पुष्टि, ७५० जना संक्रमणमुक्त
१९ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार विगत २४ घण्टामा ५ हजार ८ सय जनाको पीसीआर परीक्षण गर्दा ४ सय १९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको डा. गौतमले जनाएका छन् । जसमध्ये हाल नेपालमा ५ हजार ७ सय ११ जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।
यस्तै, बितेको २४ घण्टामा थप ७ सय ५० जनाले कोरोना जितेर डिस्चार्ज भएसंगै नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ७० पुगेको डा. गौतमले जनाएका छन् ।