बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु
द नेपाल मिडिया
१९ पुष २०७७, आईतवार १३:५०
१९ पुस, रौतहट । बुटवलमा थप एक जनाको कोरोना भाइरस (कोभिड १९)क संक्रमणका कारण मृतयु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ३ बस्ने ६६ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनाएका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गराउँदा गत १८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमणपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।