नक्कली पिसिआरसहित ७ जना पक्राउ

   १९ पुष २०७७, आईतवार १२:५४  

१९ पुस, रौतहट । विदेश जानका लागि नक्कली गराएका पीसीआर सहित ७ जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ र्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका प्रहरीले जानकारी दिएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।