चितवनमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

   १९ पुष २०७७, आईतवार १२:४६  

१९ पुस, रौतहट । चितवनमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका १ बस्ने ५५ वर्षीय प्रेमकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो ।

खैरहनी नगरपालिका १ बहेरा चोकमा शनिबार गएराति करिब १०ः४५ बजेतिर ना २४ प ४१० र ना ३९ प १०२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।

मोटरसाइकल दुर्घटना हुँदा २४ प ४१० नम्बरको मोटरसाइकलमा पछाडी सवार स्थानीय चौधरी गम्भीर घाइते भएको थिए । घाइते चौधरीको मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै मोटरसाइकल चालक सामान्य घाइते भएकाले उनीहरुको उपचारपश्चात पक्राउ गरीएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।