दाङबाट ३ लाख नगदसहित १५ जुवाडे पक्राउ

   १९ पुष २०७७, आईतवार ११:२५  

१९ पुस, रौतहट । दाङबाट करिब ३ लाख ५० हजार नगदसहित १५ जवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा २७ वर्षीय डम्मर केसी, ३७ वर्षीय ओमकार वली, ३७ वर्षीय खुमनसिंह वली, ३७ वर्षकै रामरोषण बस्नेत, ३७ वर्षीय नरबहादुर डाँगी, ४१ वर्षीय पूर्णबहादुर डाँगी, ४२ वर्षीय ज्ञानबहादुर डाँगी, ४५ वर्षीय नउले भण्डारी, ४६ वर्षीय तिले बस्नेत, ४७ वर्षीय चन्द्रप्रकाश अधिकारी, ४७ वर्षीय रामचन्द्र डाँगी, ५० वर्षीय लालबहादुर गुरूङ, ५० वर्षीय कुशल शर्मा, ५० वर्षीय प्रकाश पुन र मा ५२ वर्षीय थलबहादुर बुढाथोकी रहेको हुन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलकप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को बरुवागाउँ बस्ने खुमानसिंह वलीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई शनिबार साँझ करिब ६ बजेको समयमा पक्राउ गरिएको थियो ।

पक्राउ गरिएका व्यक्तिको नाम र उमेर सार्वजनिक गरिए पनि ठेगना प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ परेका उनीहरुमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।