बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु
१९ पुस, रौतहट । बाँकेमा उपचाररत दाङकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा लमही नगरपालिका ८ बस्ने ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको हो ।
स्वास्थ्यमा समस्या आएपछि बाँकेको भेरी अस्पतालमा यही पुस १३ गते उनी भर्ना भई पीसुीआर परीक्षण गराउँदा पुस १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि उनलाई कोभिड आइसीयुमा राखी उपचारका क्रममा शनिबार गएराति करिब १ः४० बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
ती संक्रमित महिलाको मृत्यु भएसंगै बाहिरी जिल्लाबाट आएर बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।