६ वर्षीया बालिका बलात्कृत, ५९ वर्षीय आरोपी पक्राउ
१८ पुस, रौतहट । उदयपुरको बेलका नगरपालिका ३ बस्ने एक ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको अभियायमा प्रहरीले बेलका नगरपालिका ३ का नै ५९ वर्षीय खड्गबहादुर विकलाई नियन्त्रणमा लिएको हो ।
बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए ।
पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाले जनाएको छ ।
पक्राउ परेका विकमाथि यसबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाए ।