बाँकेमा उपचाररत संक्रमित पुरुषको मृत्यु
१८ पुस, रौतहट । बाँकेमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा जिल्लाको खजुरा गाउँपालिका ७ बस्ने ८८ वर्षीय पुरुष रहेका अस्पतालले जनाएको हो ।
स्वास्थ्यमा समस्या भएपछि गत मंसिर ३० गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरिएको थियो ।
उपचारका क्रममा आज बिहान करिब ३ः२० बजेको समयमा मृत्यु भएको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले जनाएको हो ।