९ वर्षीया बालिका बलात्कृत, ४२ वर्षीय आरोपी पक्राउ

   १७ पुष २०७७, शुक्रबार १२:१५  

१७ पुस, रौतहट । ललितपुरमा ९ वर्षीया बालिका बलात्कर गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा झापा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रज्वल महर्जनले बताए ।