रौतहटमा नेकपा कार्याकर्ता भेला कार्यक्रम सु-सम्पन्न,

   १६ पुष २०७७, बिहीबार २०:०७  

१६ पुस, रौतहट । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)द्रारा रौतहटको मध्य बजार  गरुडामा  जिल्ला स्तरीय बृहत कार्याकर्ता भेला कार्यक्रम सु-सम्पन्न भऐकाे छ।

साे कार्यक्रम  गरुडाकाे र्चिनी मिल प्रयाङमा गरिएको थियो ।

कार्यक्रममा मुख्य अतिथी शहरी विकास मन्त्री प्रभु साह, पुर्व सभासद बबन सिंह, प्रदेश २का सचिव ‌शुमन टयाकुरेल, नेकपा विपक्षी दलका नेता तथा इन्चार्ज सतनारायण मन्डल समेतका उपस्थिति रहेको थियो।

कार्याक्रममा यमुनामाई नगरपालिका वडा ५ झुनखुन्वाले ५१ किलोको फूलको मालाले शहरी विकास मन्त्री साहलाई स्वागत गरिएको थियो ।

पुर्व सभासद बबन सिंहले आज बाट नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका हुन् ।