बिहीबार थपिए ५३४ कोरोना संक्रमित

   १६ पुष २०७७, बिहीबार १६:३७  

१६ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ हजार जनाको पीसीआर परीक्षण गर्दा ५ सय ३४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ । जसमध्य हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, विगत २४ घण्टामा थप ४ सय ४७ जनाले संक्रमण जितेर घर फर्किएका छन्, भने योसंगै हालसम्म नेपालमा कोरोनामुक्त हुने संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोभिड १९ का संक्रमणका कारण थप ९ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ ।