नेकपामा पुर्व सभासद बबन सिंह प्रवेश
१६ पुस, रौतहट । रौतहटको गरुडामा आयोजित कार्यक्रममा पुर्व सभासद बबन सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य एवम रौतहट क्षेत्र नं. १ का पुर्व सभासद बबन सिंह नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा प्रवेश गरेका हुन् ।
जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलामा सहरी विकास मंत्री प्रभु साहले अबिर माला लगाई नेकपा पार्टीमा उनलाई स्वागत गरेका छन् ।










