पोखरामा उपचाररत संक्रमित महिलाको मृत्यु
१६ पुस, रौतहट । पोखरामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका २ बस्ने ५८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको हो।
बुधबार कोरोना पुष्टि भई उपचारका लागि आएकी संक्रमित महिलाको उपचारको क्रममा आज बिहान करिब ७ः३५ बजेति मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जनाए ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १ सय ९२ पुगेको छ ।