टिपरको ठक्करबाट दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु
१६ पुस, रौतहट । काठमाडौंको चन्द्रागिरि नगरपालिका १० आयल स्टोरस्थित सडकमा टिपरको ठक्करबाट दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार गएराति बा.४ख २५७७ नम्बरको टिपरको ठक्करबाट काठमाडौं थापाथली बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुवास गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जना्रएको हो ।
टिपर र चालकलाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।