उखु किसानको रकम समयमा भुक्तानी नगरेको आरोपमा मिलका सञ्चालक अग्रवाल पक्राउ

   १६ पुष २०७७, बिहीबार १३:३४  

१६ पुस, रौतहट । उखु किसानको रकम समयमा भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा, बानेश्वरको निर्देशनमा उनलाई प्रहरीले पर्साबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

गृह मन्त्रालयले चिनी उद्योगीहरुलाई पक्राउ गर्ने निर्देशन पछि, पक्राउ परेका अग्रवाललाई काठमाडौँ पठाउने तयारी भइरहेको प्रदेश नम्बर २ का प्रहरीले जानकारी दिए ।