लागूऔषधसहित २ जना प्रहरी नियन्त्रणमा
१६ पुस, रौतहट । मोरङमा लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका २ बस्ने १७ बर्षीय अनिश अधिकारी र २१ बर्षीय सुरेन्द्र बस्नेत रहेका प्रहरीले जनाएको हो ।
उनीहरुलाई जिल्लाको बिराटनगर महानगरपालिका १७ मटेरुवाबाट बुधवार अपरान्ह करिब ४ः४५ बजेको समयमा एभील १ एम्पुल, लुपिजेसिक १ एम्पुल, डाईजोल्याव १ एम्पुल र नाईट्राभेट १०५ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुबै जनामाथि यसबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।