मुम्बई पुग्ने बित्तिकै कंगनालाई उर्मिलाको चेतावनी
१६ पुस, रौतहट ।
बलिउड अभिनेत्री उर्मिला मातोडकर यतिबेला शिबसेना पार्टीमा आबद्ध भएकी छन् । अर्की अभिनेत्री कंगना रनौतले शिवसेनाको गतिविधिको विरोध गरिरहेको बेला उनी यो पार्टीसँग जोडिएकी हुन् ।
उर्मिलाजस्तो मान्छे सो पार्टीमा जोडिएकोमा कंगनाले त्यसको विरोध गरेकी छन् । मुम्बईमा गुन्डागर्दी गर्ने पार्टीको उपमा दिँदै उर्मिलाजस्तो कलाकार त्यस्तो पार्टीमा जोडिनु नहुने उनको कथन छ ।
आफ्नो कार्यालयलाई शिवसेनाको निर्देशनमा भत्काइएको आरोप कंगनाले लगाएकी छन् । शिवसेना जनताको मायाभन्दा पनि गुन्डागर्दीमा चल्ने गरेको आरोप पनि यी अभिनेत्रीको छ । एजेन्सी