झापामा लागूऔषध सहित २ जना पक्राउ
१६ पुस, रौतहट । झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ बस्ने २५ बर्षीय अर्जुन हल्दार र सोही स्थान का ३३ बर्षीय मुस्तेक शेक रहेका प्रहरीले जनाएको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार गए राती १० बजे लागूऔषध सहित पक्राउ गरेको थियो ।
निजहरुको साथबाट प्रहरीले लागूऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ ।
यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापले जनाएको छ ।