झापाबाट लागुऔषधसहित दुई जना पक्राउ
१५ पुस, रौतहट । झापाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लोको मेची नगरपालिका–८ बाट लागु औषध खैरो होरोईन सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गुऔषधसहित पक्राउ पर्नेमा मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मा रहेका प्रहरीले जानकारी दिए ।
को.३८प ७१४९ नम्बरको मोटरसाईकलमा चेक जाँच गर्ने क्रममा लागुऔषध नियन्त्रण व्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोईन बरामद गरेको छ ।