जंगलमा लडेर एक जनाको मृत्यु
द नेपाल मिडिया
१५ पुष २०७७, बुधबार १५:२४
१५ पुस, रौतहट । राप्तिमा दाउरा काटेर घर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सोनारी गाउँपालिका ५ चाँचरफर्क बस्ने २५ वर्षीय तुल्सीराम थारुको मंगलवार दिउँसो सोही ठाउँस्थित जंगलमा लडेर मृत्यु भएको हो ।
दाउरा काटेर घर फर्कने क्रममा लडेर उनी गम्भीर घाईते भएका थिए ।
घाइते भएका थारुलाई भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।