लागुऔषधसहित सासु-बुहारी पक्राउ

   १५ पुष २०७७, बुधबार १५:००  

१५ पुस, रौतहट । लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ।

लागुऔषधसहित पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंह रहेकी प्रहरीले जनाएको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेका उनीहरुलाई मङ्गलबार नै सार्वजनिक गरेको थियो ।

उनीहरुको साथबाट १४ ग्राम ९७० मिलिग्राम लागुऔषध र २१ हजार ५ सय रुपैयाँ बरामद भएको डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

सासू–बुहारीलाई लागुऔषध ओसारपसार गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।