प्रधानमन्त्री ओलिको विरोधमा रौतहटमा ओर्लियो जनसागर
१४ पौष, रौतहट । रौतहटको सदरमुकाम गौरमा माधव–प्रचण्ड समुहका नेता कार्यकर्ताले बृहद विरोध जुलुस प्रर्दशन गरेका छन ।
संसद विघटनको विरोधमा नेकपाका माधव नेपाल र प्रचण्ड पक्षधर समुहले गौरमा हजारौंको सँख्यामा नारावाजी गर्दै प्रर्दशन गरेका हुन । नेकपाका केन्द्रीय नेता मातृका प्रसाद यादवको नेतृत्वमा रौतहट सदरमुकाम गौरको राइसमिलमा भेला भएका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारावाजी गर्दै गौरमा प्रर्दशन गरेका छन ।

जुलुश प्रदर्शन पश्चात विपी चोकमा विरोध सभालाई सम्बोधन गर्दै नेकपाको नेता एवं पूर्व मन्त्री मातृका यादवले केपी ओली प्रतिगमनकारीको मुखिया एवं सरदार रहेको बताए । ओली कुनैपनि हालतमा कम्युनिष्ट नभएको र कम्युनिष्टको खोल ओढेर छेपारोको काम गरी कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा लागेको नेता यादवको आरोप थियो ।

ओलीको नेतृत्वमा देश सुम्पीनु नै सबैभन्दा ठूलो भुल भएको बताउदै अधिनायकबादी वर्तमान सकार संघिय लोकतान्त्रि गणतन्त्र समाप्त पर्ने गम्भीर षड्यन्त्रमा लागेको हुँदा संसद पुनस्र्थापनाको कुनै विकल्प नरहेको दाबी थियो ।

विरोध जुलुशमा पूर्व साँसदहरु रामकुमार भटराई, सरला यादव, सत्यनारायण भगत, अशोक जयसवाल, युवा नेता युवराज भटराई, शम्भु साह, जिल्ला अध्यक्ष कमल राय यादव, सहितका सयौं नेता एवं कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको विरोधमा चर्को नारावाजी गरेका थिए ।






