मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

   १४ पुष २०७७, मंगलवार १३:१६  

१४ पुस, रौतहट । मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको हो ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बूको घटनास्थलमै मृत्यु भएको छ, भने पछाडि सवार २२ वर्षीय सुनिल विकको उपचारका क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते भएका विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको एसपी शर्माले बताए ।

स्कारपियो र चालक झापा दमक–२ बस्ने ३७ वर्षीय लक्ष्मीकुमार धिमाललाई नियन्त्रणमा लिएर यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।