
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध साढे ३ महिनापछि हटायो
१४ पुस, रौतहट । भारतले करिब साढे ३ महिनापछि नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको हो ।
भारतीय प्याजको निर्यात प्रतिबन्ध हटाय पनि निर्णयको कार्यान्वयन एक जनवरी २०२१ बाट लागु हुने भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।
नेपालमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको पछि देशमा प्याजको मुल्य १ सय ५० रुपैयाँ के जी भएको थियो ।






