झापाको मोटर वर्कसपमा आगलागी हुँदा ९ वटा अटो रिक्सा जलेर नष्ट

   १४ पुष २०७७, मंगलवार १०:४१  

 

१४ पुस, रौतहट । झापाको बिर्तामोड नगरपालिका ४ स्थित ग्यालेक्सी मोटर वर्कसपमा सोमबार साँझ भएको आगलागीमा राखिएका रिक्साहरु जलेर नष्ट भएको छ ।

हिजो करिब ७ः३० बजेको समयमा वर्कसपमा भएको आगलागीमा मर्मत तथा बिक्रिका लागि राखिएका ९ वटा अटो रिक्सा जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।

आगो बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको वारुणयन्त्रले दुई घण्टापछि नियन्त्रणमा लिएको वर्कसप सञ्चालक उमेश साहका दाजु रामनारायणले बताए ।

गाडीका पाट्र्स, ३ सय कार्टुन मोबिल जलेर नष्ट भएका पनि आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।