आज थप ६५९ जनामा कोरोना पुष्टि, ७१८ जना डिस्चार्ज
१३ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ६ हजार ४ सय २७ रहेको छ ।
यस्तै, विगत २४ घण्टामा थप ७ सय १८ जनाले संक्रमण जितेर डिस्चार्ज भएसंगै हालसम्म देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ, यससंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।