रौतहटमा काग्रेंसको प्रदर्शन (फोटो फिचर)
१३ पौष, रौतहट । रौतहटको चार वटै निर्वाचन क्षेत्रमा नेपाली काग्रेंस पार्टीका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको विरोधमा जुलुस प्रर्दशन गरेको छन ।
रौतहटको क्षेत्र नम्बर १ को गंगा पिप्रा र गौर, क्षेत्र नम्बर २ को राजपुर, क्षेत्र नम्बर ३ को कटहरीया र क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुमा काग्रेंसका नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीको विरोधमा नारावाजी गर्दै प्रर्दशन गरेको हो । क्षेत्रिय कार्यसमितिले रौतहटका चार स्थानमा मात्रै कार्यक्रम तोके पनि रौतहटको गौरमा काग्रेंसका असन्तुष्ट पक्षले नगरकमिटिको आयोजनामा जुलुस निकालेका थिए ।
प्रधानमन्त्रीले सँसद विघटन गरे पछि रौतहटमा जसपा, नेपाली काग्रेंस र प्रचण्ड–माधव नेपालको समुहले विरोधमा दैनिकजसो अलग अलग प्रर्दशनहरु गरि रहेका छन ।
संसद विघटनको विरोधमा आज काग्रेंसले देशै भरी विरोधको कार्यक्रम गरेको हो । रौतहटमा भएको विरोध कार्यक्रममा कागें्रसका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माँग गरेका थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी गरेका थिए ।