मोरङ भएको आगलागीमा ११ वटा घर जलेर नष्ट
१३ पुस, रौतहट । मोरङमा आइतबार दिउँसो भएको आगलागीमा ११ वटा घर जलेर नष्ट भएको छ ।
मोरङको रतुवामाई नगरपालिका ५ मल्दाहटोल का मोहम्मद हेलानको घरमा हिजो दिउँसो सल्केको आगोले ११ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।
आइतबार दिउँसो खाना पकाउने क्रममा भएको आगलागीमा अन्य ११ वटा घरसमेत जल्दा करिब २७ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए ।