खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

   १३ पुष २०७७, सोमबार १२:०८  

१३ पुस, रौतहट । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी सर्लाहीका धनकुमार भुजेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमानामा पर्ने साप्सु खोलामा ट्याकटर ढुंगा लिन गएको अवस्थामा फसेको अर्को ट्याक्टर तानेर निकाल्नका लागि गएको ज ७ त २२६६ नम्बरको ट्याक्टर रित्तो ट्याक्टर आइतबार दिउँसो पल्टिएको थियो ।

ट्याक्टर करिव १ हजार मिटर तल खसेको प्रहरीले जनाएको छ ।