चीनमा स्कूल बाहिर चक्कू हमला: ७ घाइते

   १३ पुष २०७७, सोमबार १०:२९  

१३ पुस, रौतहट । चीनमा रहेको उत्तर पूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेका छन् । मिडियाले दिएका रिपोर्ट अनुसार हमलामा सातजना घाइते भएको छ ।

लिओनिंग प्रान्तको एउटा सानो शहर कायायुआनमा भएको हमलामा सातजना घाइते भएका छन् । समाचार एजेन्सीद्धारा प्रकाशित रिपोर्ट अनुसार प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ । हमलाको कारण कुनै स्पष्ट जानकारी भने छैन ।

रिपोर्टमा भनिएका अनुसार एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेको स्थानियले देखे।

चीनमा यस्तो प्रकारको हिंस्रक अपराध तुलनात्मक रुपमा कमै हुन्छन् तर पछिल्लो केही वर्षमा चक्कू वा धारिलो हतियारले हमला गर्ने घटना बढ्दो छ ।

यस्तो प्रकारको हमलामा साधारणतया ती मानिसहरु संलग्न हुन्छन् जो कुनै मानसिक रोगसँग जुधिरहेका हुन्छन् वा कसैसँग बदला लिन चाहेका हुन्छन् । कायायुआनमा चक्कुमार्फत् जुन हमला भएको छ, त्यहाँ संदिग्धले स्थानीय समयानुसार करिब ८ बजे चक्कू हमला गर्न सुरु गरेका हुन् ।

प्रहरीका अनुसार संदिग्धलाई पक्राउ गर्ने बेला एक प्रहरी अधिकारी पनि घाइते भएका छन् । यद्यपि, हमलामा घाइते भएका मानिसहरुबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

एजेन्सी