नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि, ७३१ जना संक्रमणमुक्त

   १२ पुष २०७७, आईतवार १६:५५  

१२ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ३ हजार ८ सय २८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय संक्रमितको कुल संख्या ६ हजार ७ सय ४९ रहेको डा. गौतमले जनाएका छन् ।

त्यस्तै, विगत २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ४९ हजार ८ सय ६३ संख्या डा. गौतमले बताए ।

यसैबीच, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय २५ जना पुगेको छ ।